
हेटौंडा \ शनिबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-४ कि ७३ वर्षीय महिलाको रहेको र उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
स्वासप्रश्वासमा समस्या भएपछि वैशाख ३० गते हेटौंडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना गरिएको थियो। मृतक महिलालाई बैशाख २५ गते कोरोना पोजेटिभ देखिएको थियो।








