
खबरबाकस \ हेटौंडामा रहेका निजी अस्पताल चुरेहिल हस्पिटल प्रा.लि र मकवानपुर सहकारी अस्पतालले कोभिडको विरामी उपचार गर्न नसक्ने जानकारी गराएको छ । शुक्रबार संयुक्त प्रेस विज्ञप्ती निकाल्दै कोभिड संक्रमितको संख्या बढ्नु र अक्सिजनको सिलिण्डर अभाव भएकाले उपचार गर्न नसक्ने जनाएको हो ।
दुई अस्पतालमा ३० वेडको एचडियू सेवा सहितको कोभिड उपचार गरि आइरहेको र अक्सिजनको सिलिण्डर आपूर्ति नभएकोले शुक्रबारबाटै उपचार गर्न नसक्ने विज्ञप्ती मार्फत सबैलाई जानकारी गराइएको छ ।









