मुख्य खबरसमाचारफिचर

६ बालबालिका सहित मकवानपुरमा थप १०९ जनामा कोरोना पुष्टि

संवाददाता

मकवानपुरमा शुक्रबार ६ जना बालबालिका सहित १०९ जना कोरोनाका संक्रमित थपिएका छन् । १४३ जनाको स्वाब परीक्षण गर्दा १०९ जनामा कोरोना पुष्टि भएकोे हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन् ।

१३२ जनाको पिसिआरबाट परिक्षण गर्दा १०६ जना र ११ जनाको एन्टिजेनबाट परिक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरका वडा नम्वर ५ का २३ जना रहेका छन् ।

त्यस्तै बकैयाका २ जना, मकवानपुरगढीका ३ जना, कैलाशका १ जिल्ला बाहिरको २ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि हुने मध्येमा ६ बालबालिका रहेका छन् भने २ जना ७५ वर्ष माथीका जेष्ठ नागरिक रहेको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताएकाछन् ।

No description available.