
हेटौंडा \ मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा (हेटौंडा अस्पताल) अक्सिजनको अभाव भएर थप बिरामी भर्ना गर्न र भर्ना भएकाहरुको उपचार गर्न समस्या परेको बताएको छ । एक विज्ञप्ति जारी गर्दै अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले अब आईसीयू र एचडीयूमा भर्ना भएका बिरामीका लागि ३ घण्टालाई मात्र पुग्ने अक्सिजन मौज्दातमा रहेको बताएको छ ।









