मुख्य खबरसमाचारफिचर

बागमती प्रदेश प्रहरीद्धारा अक्सिजन सिलिण्डर संकलन

संवाददाता

 खबरबाकस \ बागमती प्रदेश प्रहरीले अक्सिजनको अभावमा नागरिकको ज्यान जोखिममा परिरहेको अवस्था प्रति संवेदनशील भै अक्सिजन सिलिण्डर संकलन गर्ने कार्यलाई अभियानको रुपमा संचालन गरीएको छ ।

संकलन गरिएको अक्सिजन सिलिण्डरहरु जिल्लाको डिसिसीएमसीको निर्णय अनुसार आवश्यकताको आधारमा विभिन्न अस्पताल, आईसोलेसन सेन्टरहरुमा उपलब्ध गराउने कार्यलाई अघि बढाएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सिलवालले बताए । उनले लकडाउन भएपश्चात सुरु गरिएको यो अभियानमा उद्योगधन्दा, क्रसर, वर्कसप, ग्यारेज सञ्चालकहरुले स्वःस्र्फुत सहयोग गरिएको बताए ।

No description available.

मकवानपुर सहित प्रदेशका अन्य जिल्लाहरुमा बढ्दो कोभिड–१९ को संक्रमणसंगै संक्रमितहरुलाई अक्सिजन दिनुपर्ने र अक्सिजन अभावमा मृत्युवरण गर्नुपरेको घटनाहरु बढ्दै गईरहेकाले अभियान संचालन गरिएको सिलवालले बताए ।
बागमती प्रदेश अन्तर्गतका प्रहरी ईकाईहरुबाट उद्योगधन्दा, वर्कसप, ग्यारेज, ग्रिल उद्योग, कवाडी उद्योग, हाईड्रोपावर, क्रसर उद्योग, विभिन्न पसल तथा व्यक्तीहरु समेतबाट खाली तथा भरिएका अक्सिजन सिलिण्डरहरु संकलन गर्दा शुक्रबारसम्ममा १२९ थान भरिएका र ५४१ थान खाली गरी ६७० थान अक्सिजन सिलिण्डर संकलन गरिएको प्रहरी निरिक्षक सिलवालले बताए ।

संकलित सिलिण्डरहरु सम्बन्धित जिल्लाहरुमै प्रयोग गर्न व्यवस्थापन गरिएको छ भने जस मध्ये कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र छाउनी काठमाण्डौलाई १० थान भरेको र ४० थान खाली सिलिण्डर उपलब्ध गराईएको, स्वर्गद्धारी अक्सिजन उद्योग चितवनलाई ५१ थान, त्यसैगरी हेटौंडा अस्पताल, धादिङ अस्पताल, रामेछाप अस्पताल, मुग्लिङ हाईवे अस्पताललाई गरी ३६ थान भरेको र ९० थान खाली अक्सिजन सिलिण्डर वितरण गरिएको जनाइएको छ । प्रहरीले अक्सिजनका सिलिण्डरहरु संकलन गर्ने कार्यलाई अझै तिब्रताका साथ अघि बढाएका छन्, ।