मुख्य खबरसमाचारफिचर

चौध बालबालिका सहित मकवानपुरमा थप १५९ जनामा कोरोना पुष्टि

संवाददाता

 खबरबाकस \ मकवानपुरमा विहीबार १४ जना बालबालिका सहित १ सय ५९ जना कोरोनाका संक्रमित थपिएका छन् । २८३ जनाको स्वाब परीक्षण गर्दा १५९ जनामा कोरोना पुष्टि भएकोे हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन् ।

२७५ जनाको पिसिआरबाट परिक्षण गर्दा १५४ जना र ८ जनाको एन्टिजेनबाट परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरका वडा नम्वर ४ का ३२ जना रहेका छन् ।

त्यस्तै वडा नम्वर १ का ३ जना, वडा नम्वर २ का ९ जना, वडा नम्वर ४ मा ३२ जना, ५ नम्बरमा १७ जना, , वडा नम्वर ६ को ८ जना, वडा नम्वर ७ को ५ जना, वडा नम्वर ८ को ५ जना, वडा नम्वर ९ को ९ जना, वडा नम्बर १० को १४ जना, वडा नम्वर ११ को १७ जना, क्रमशः वडा नम्वर १२ मा २ जना, ,१३ मा १, ,१४ मा नरहेको, १५ मा ३ जना १६ मा १ जना, १७ मा नरहको, १८ मा ५ जना र १९ मा ३ जना रहेका छन् । हेटौंडा वडा नखुलेका ५ जना रहेका छन् ।

त्यस्तै बकैयाका १ जना, मकवानपुरगढीका ८ जना, मनहरीका ५ र जिल्ला बाहिरको ६ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि हुने मध्येमा १४ बालबालिका रहेका छन् भने ३ जना ७५ वर्ष माथीका जेष्ट नागरिक रहेको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताएकाछन् ।

No description available.