
मकवानपुरका चार स्थानीय तहमा जारी भएको ३१ गते सम्मको निषेधाज्ञा अब जेष्ठ १३ गते सम्म लम्बाउने भएको छ । बुधबार हेटौंडामा बसेको बैठकले जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र (डिसिसीएमसी)ले १३ गते सम्म लम्बाउन छलफल गरी प्रस्ताव गरे पछि आज विहीबार बसेको बैठकले जिल्लाभर निषेधाज्ञा गरिने निर्णय गरेको हो ।
निषेधाज्ञा थप कडाईका साथ गरिनुका साथै अब हेटौंडामा मर्निङ/इभिनिङ वाक गर्न नपाइने, अत्यावश्यक उपभोग्य वस्तु विहान ८ बजे सम्म खुल्ने, नगरभित्रका बैंकहरु साताको दुई दिन मंगलबार र शुक्रबार खोल्ने, वित्तिय/ सहकारी संस्था भने पूर्णरुपमा बन्द गरिनुपर्ने जस्ता निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।








