
खबरबाकस \ मकवानपुरमा जारी भएको ३१ गते सम्मको निषेधाज्ञा अब जेष्ठ १३ गते सम्म लम्बाउने भएको छ । बुधबार हेटौंडामा बसेको बैठकले जिल्ला कोभिड -१९ व्यवस्थापन केन्द्र (डिसिसीएमसी)ले १३ गते सम्म लम्बाउन छलफल गरी प्रस्ताव गरेको छ ।
प्रत्येक दिन मकवानपुरमा १५० को हाराहारीमा कोरोना संक्रमितको संख्या बढ्दै गएकोले थप कडाईका साथ निषेधाज्ञा लागु गरिने भएको हो । हेटौंडाबजार भित्र प्रवेश गरिने चारैवटा नाकामा थप कडाई गरिनुका साथै हेटौंडा ४ खोपेगल्ली लगायतका तरकारी पसल पूर्णरुपमा बन्द गरिने, संक्रमितहरुको निगरानी बढाउने जस्ता विषयमा छलफल गरिएको प्रशासनले जनाएको छ ।
मकवानपुरका चार स्थानीय तहमा निषेधाज्ञा लागु गरेको छ । हेटौंडा उपमहानगर, थाहानगर, भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाको महेन्द्र राजमार्ग सँग जोडिएका पाँच सय मिटर दायाँबाँयामा लागुगरिएको छ ।








