मुख्य खबरसमाचारफिचर

आठ बालबालिका सहित मकवानपुरमा थप १८२ जनामा कोरोना पुष्टि

संवाददाता

मकवानपुरमा बुधबार थप १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २७० जनाको स्वाव परीक्षणमा १८२ जनामा कोरोना पुष्टि भएको हो ।

एन्टिजेन विधिबाट १२ जनाको परीक्षणमा ५ जना र पिसीआर विधिबाट २५८ जना मध्ये १७७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताएका छन् ।

संक्रमित मध्ये हेटौँडा वडा नम्बर ४ मा सबैभन्दा धेरै ३० जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये ८३ महिला र ९९ पुरुष रहेको र संक्रमित मध्ये ८ जना बालबालिका र ७५ वर्षमाथीका ३ जना जेष्ट नागरिक रहेको चौलागाईले बताएका छन् । मंगलबार १५ जना बालबालिकामा कोरोना पुष्टि भएको थियो ।

No description available.