
मकवानपुरमा मंगलबार थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको १८६ जनाको स्वाव परीक्षणमा ११६ जनामा कोरोना पुष्टि भएको हो ।
एन्टिजेन विधिबाट ६जनाको परीक्षणमा १ जना पिसीआर विधिबाट १८० जना मध्ये ११५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताएका छन् ।
संक्रमित मध्ये हेटौँडा वडा नम्बर ४ मा सबैभन्दा धेरै २५ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये ४५ महिला र ७१ पुरुष रहेको र संक्रमित मध्ये १५ जना बालबालिका र २ जना जेष्ट नागरिक रहेको चौलागाईले बताएका छन् ।









