मुख्य खबरसमाचारफिचर

ओलीको कार्यशैलीले दरिद्र नेपाल दुःखी नेपाली हुने अवस्था आएको: उपेन्द्र यादव

संवाददाता

काठमाडौं \ जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने घोषणा गरेका छन् । अर्का अध्यक्ष महन्थ ठाकुरले भने अहिलेको अवस्थामा आफुहरु विश्वासको मतको प्रस्तावको पक्षमा पनि नभएको र विपक्षमा पनि नभएको भन्दै तटस्थ बस्ने बताएपनि यादवले भने विपक्षमा रहेको बताएका हुन् ।

ओलीले विश्वासको मत लिनकै लागि बोलाइएको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु नयाँ सरकार बनाउने बाटोमा अघि बढिसकेको पनि बताए । दुई पार्टीका अध्यक्षको फरक फरक अभिव्यक्तिले पार्टीभित्रको विवाद संसदमै पनि छताछुल्ल देखिएको छ ।

यादवले प्रधानमन्त्री ओलीले सुखी नेपाली समृद्ध नेपालको नारा लगाउँदै आएपनि उनकै कार्यशैलीले दरिद्र नेपाल दुःखी नेपाली हुने अवस्था आएको भन्दै कटाक्ष पनि गरे । यस्तै यादवले प्रधानमन्त्री अ‍ोलीले विश्वासको मत लिनका लागि डाकिएको बैठकमा यादवले ओलीलाई संघीयता विरोधी भएको आरोप लगाए ।