मुख्य खबरसमाचारफिचर

ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

संवाददाता

काठमाडौं \  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्  बैठक बोलाएका छन् । आजै संसदमा विश्वासको मत लिन लागेका ओलीले साँझ ५ बजे मन्त्रिपरिषदको बैठक  बोलाएका हुन् ।

ओलीले विश्वासको मत नपाउने अंक गणित देखिएको बेला उनले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।  एक मन्त्रीले बैठक बोलाइए पनि एजेण्डा जानकारी नभएको बताए ।
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

तिनिधिसभाको विशेष अधिवेशन सुरु भएको छ । पहिलो चरणमा सुरु भएको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । दोस्रो चरणको बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारमाथि विश्वास रहे नरहेको बारे मत लिनेछन् । पहिलो चरणको बैठकमा राष्ट्रपतिको पत्र बाचन गरिनुका साथै अध्यक्षको मनोनयन गरिएको थियो ।