मुख्य खबरसमाचारफिचर

मकवानपुरमा सोमबार १११ जनामा कोरोना संक्रमण पुष्टि

संवाददाता

सिधाखबर \ मकवानपुरमा सोमबार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको १८६ जनाको स्वाव परीक्षणमा १११ जनामा कोरोना पुष्टि भएको हो ।

जसमा एन्टिजेन विधिबाट १५ जनाको परीक्षणमा ५ जना र पिसीआरमा १७१ जनामा १०६ जनामा पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताएका छन् ।

संक्रमित मध्ये हेटौँडा वडा नम्बर ५ मा सबैभन्दा धेरै २९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये ५४ महिला र ५७ पुरुष रहेको र संक्रमित मध्येमा ८ जना बालबालिका र २ जना जेष्ट नागरिक रहेको चौलागाईले बताएका छन्।

No description available.