
खबरबाकस \ मकवानपुरका दशवटै स्थानीय तहलाई सक्रिय गराई कोरोना भाइरसको पिसीआर परिक्षणको दायरा बढाईने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताएका छन् । आइतबार मकवानपुरका सञ्चारकर्मीसँग छलफल गर्दै उनले पालिकाहरुलाई बढी जिम्मेवार बनाएको र बढी सक्रिय भई काम गर्न भनीएको बताए ।
प्रजिअ पाण्डेलाई पत्रकारले पिसीआर परिक्षणको दायरा बढाई मकवानपुरका ग्रामिण क्षेत्रका नागरिकलाई समेत समेट्न सुझाव दिएका थिए । मकवानपुरमा पछिल्लो समय जटिल बन्दै गएको एम्बुलेन्स अभावको विषयमा प्रजिअ पाण्डेको ध्यानाकर्षण गराउदैं सञ्चारकर्मीले एम्बुलेन्समा जिपिएस जडान गर्न अनुरोध गरेका छन् । सरकारी कार्यालयमा रहेका सरकारी गाडीहरु एम्बुलेन्सको रुपमा सञ्चालन गर्न अनुरोध गरिएको छ । अक्सिजन अभाव नहुने गरि प्रशासन तयारी अवस्थामा रहन समेत अनुरोध गरिएको छ ।
हेटौंडाबजारमा निशेषज्ञा भएता पनि नीजि सवारीको चाप बढिरहेको र दिउँसोको समयमा लुकिछिपी व्यापार भएको पाइएकोले त्यसलाई नियन्त्रण गर्न सुझाएका थिए । ग्रामिण भेगमा उत्पादित कृषिजन्य सामाग्री तरकारीलाई व्यवस्थित विक्रिवितरण गर्नका लागि आवश्यक समन्वय गर्न आग्रह गर्दै सञ्चारकर्मीले कोभिड पुष्टि पश्चात घरमा बस्ने विरामीको निगरानी शुन्य रहेको भन्दै स्वास्थ्यकर्मी खटाई आवश्यक परामर्श प्रदान गर्दै संक्रमितको निगरानी गरिनुपर्ने सुझाव प्रदान गरेका थिए ।

हेटौंडाका र नजिक रहेका गाउाँपालिकामा पुगी स्थानीय टोल विकास र हेटौंडा बजारका लघुवित्त/फाइनान्सले समूहमा बैठक गरिएकोले त्यसलाई रोक्न आग्रह गरिएको छ । मकवानपुरको कोभिड संक्रमित तथा मृत्य र संक्रमण मुक्त भएको तथ्याङ्क बारे सुचना एकद्धर प्रणालीमा दिनलाई आवश्यक समन्यव गर्न पत्रकारले आग्रह गरेका छन् ।
सञ्चारकर्मीहरुको सुझाव पश्चात जवाफदिदैं प्रजिअ पाण्डेले मकवानपुरमा अक्सिजनको अभाव नहुने बताएका छन् । मकवानपुरमा झण्डै पन्ध्र सय सिलिन्डर रहेको र करिब ३ सय तयारी अवस्थामा राखिएको बताए । उनले बजार क्षेत्रमा सामाजिक सुरक्षा भत्ता बैंक मार्फत नदिने भन्दै उद्योग/कलकारखाना सञ्चालन, विकास निर्माणको कार्य भइरहेकोले नीजि सवारी साधन सञ्चालन भएको बताए ।
उत्तरी क्षेत्र लगायत मकवानपुरका अन्य स्थानमा उत्पादित कृषि उपज तरकारी खेतमा कुहिन नदिने गरी व्यवस्थित रुपमा तरकारी संकलन गरी काम गरीने बताए । हेटौंडामा कोभिड विरामी भएकालाई छोटो समयमा नै अप्रेसन गरिनु पर्ने अवस्था आउन सक्ने भएकाले अप्रेसन थेटर तयार गरी काम गरिनुपर्ने बताए । सञ्चारकर्मीहरुको छलफल पश्चातको सुझावलाई सोमबार बस्ने डिसिसीएमसीको बैठकमा थप छलफल गरिने प्रजिअ पाण्डेले बताए ।








