
हेटौँडा \ मकवानपुरमा आइतबार १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको १७९ जनाको स्वाव परीक्षणमा १२८ जनामा र एन्टिजेन विधिबाट १८ जनाको परीक्षणमा ६ जना गरी १३४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताएका छन् ।
संक्रमित मध्ये हेटौँडा वडा नम्बर ४ मा सबैभन्दा धेरै ३० जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये ५४ महिला र ८० पुरुष रहेको र ४ जना बालबालिका र २ जना जेष्ट नागरिक रहेको चौलागाईले बताएका छन्।









