
सिधाखबर \ मकवानपुरमा १ सय ४२ जना कोरोनाका संक्रमित थपिएका छन् । २३ गते संकलित कूल १८२ जनाको स्वाब परीक्षण गर्दा १४२ जनामा कोरोना पुष्टि भएकोे हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले जानकारी दिएका छन् । संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरका वडा नम्वर ४ र ५ का २९/२९ जना रहेका छन् ।
त्यस्तै वडा नम्वर १ का ६ जना, वडा नम्वर २ का ३ जना, वडा नम्वर ४ मा २९ जना, ५ नम्बरमा २९ जना, , वडा नम्वर ६ को १ जना, वडा नम्वर ७ को १ जना, वडा नम्वर ८ को ४ जना, वडा नम्वर ९ को १३ जना, वडा नम्बर १० को १२ जना, वडा नम्वर ११ को ९ जना, क्रमश वडा नम्वर १२ मा २ जना, ,१३ मा नरहेको, ,१४ मा २ जना, १५ मा ३ जना १६ र १७ मा नरहको, १८ मा २ जना र १९ मा ३ जना रहेका छन् । हेटौंडा वडा नखुलेका ३ जना रहेका छन् ।
त्यस्तै थाहा नगरपालिकाका १ जना, राक्सिराङका १ जना, बकैयाका १ जना, मकवानपुरगढीका ४ जना, भीमफेदीका ५ र जिल्ला बाहिरको ३ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि हुने मध्येमा ६ बालबालिका रहेका छन् भने ३ जना ७५ वर्ष माथीका जेष्ट नागरिक रहेको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताएकाछन् ।








