मुख्य खबरसमाचारफिचर

गृहमन्त्री बादलद्धारा उम्मेदवारी दर्ता

संवाददाता

प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।

केहिबेर अघि बामगमती प्रदेश प्रहरी कार्यालयमा हेलिकप्टर मार्फत हेटौंडा आइपुगेका बादलले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । गृहमन्त्री बादलको उम्मेदवारीमा प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वची बस्नेत रहेका छन् । यस अघि एमाले दल बाहेक अन्य दलका साझा उम्मेदवार डा. खिमलाल देवकोटाले आफ्नो उम्मेदवारी दर्ता गरिसकेका छन् ।