मुख्य खबरसमाचारफिचर

डा. देवकोटाद्धारा उम्मेदवारीको मनोनयन दर्ता

संवाददाता

खबरबाकस \ बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि डा.खिमलाल देवकोटाले आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।

प्रदेश निर्वाचन कार्यालय हेटौंडामा कांग्रेस, माओवादी तथा माधव नेपाल पक्षकासांसदहरु सहितको उपस्थितीमा डा.देवकोटाको मनोनयन दर्ता गराएका हुन् । बागमती प्रदेशको निती तथा योजना आयोगका उपाध्यक्ष भइ काम गरी सकेका योजना तथा अर्थ विद्को रुपमा अब्बल देवकोटाले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

देवकोटाको उम्मेदवारीमा प्रस्तावकमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले रहेका छन् । मनोनयन दर्ताका लागि कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, पूर्व मन्त्री पुरूषोतम पौडेल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, सन्तबहादुर प्रजा लगायतको टोलीको उपस्थिती रहेको थियो ।

उता एमालेको उम्मेदवार भने छलफलबाट टुङ्ग्याउन सकिरहेको छैन् । गृह मन्त्री रामबहादुर थापा उम्मेदवार उठाउने भएता पनि पराजित हुने शंकाले आन्तरिक छलफलमा रहिरहेका छन् । मनोनयन दर्ता साँझ ४ बजे सम्म समयसिमा रहेको छ ।