
हेटौंडा \ मकवानपुरमा आज दिउँसो ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ८९ जनाको स्वास परीक्षणमा ४३ जना त्यसैगरी २ जनामा एन्टीजेन बिधिबाट गरेको परीक्षणमा १ जना गरी ४४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताएका छन ।
संक्रमित मध्य हेटौँडा -४ मा सबैभन्दा धेरै १० जना मानिस रहेको बताएका छन। संक्रमित मध्य१७ महिला र २७ पुरुष रहेको चौलागाई बताएका छन ।









