
हेटौंडा \ मकवानपुरमा अत्यावश्यक उपभोग्य पसल ८ बजेसम्म मात्रै खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सूचना जारी गरि अत्यावश्यक उपभोग्य बस्तुका पसल ८ बजेसम्म मात्रै खुल्ने जनाएको हो ।
सूचनामा खाद्यान्न, पानी, दूध, माछामासु, अण्डा, फलफूल तथा तरकारी बिक्रीवितरण गर्ने पसल बिहान ५ देखि ८ बजेसम्म खुल्ला रहने जनाइएको छ । यस अघि यी पसल विहान ९ बजेसम्म खुल्ने गरेका थिए ।









