
हेटौंडा \ हेटौंडा अस्पतालमा थप एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-६ की ४१ बर्षीय महिलाको मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले बताएका छन् । छातिमा निमोनिया फैलिएकी उनको अस्पतालमा उपचारका क्रममा मृत्युु भएको छ ।
यो सँगै हेटौंडा अस्पतालमा संक्रमित ४ जनाको मृत्यु भएको छ । यसअघि, हेटौंडाका ५५ बर्षीय पुरुष र बारा अमलेखगन्जका ४६ बर्षीय एक पुरुष र महोत्तरी जलेश्वर घर भएकी ५० बर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।









