मुख्य खबरसमाचारफिचर

आइतबार मकवानपुरमा १७१ जनामा कोरोना

संवाददाता

हेटौंडा \  मकवानपुरमा आज १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २६८ जनाको स्वास परीक्षणमा १७१ जनालाई कोरोना पुष्टि भएको हो।

कोरोना पुष्टि हुनेमा ६६ महिला र १०५ पुरुष हरेका छन। संक्रमित हेटौँडा नगर सहित मकवानपुरगढी गाउँपालिका भित्रका मानिस रहेको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताएका छन।

सबैभन्दा धेरै हेटौंडा -४ का रहेका छन। जसमा २५ जनामा कोरोना पुष्टि भएको छ। आज जाँच गरेका ९७ जनाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको चौलागाईले बताए।

Screenshot_20210502-14293-1619945159.jpg