
काठमाडौं \ आइतबारदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा थप कडाई हुने भएको छ । सवारी र सर्वसाधारणको चहलपहल जारी रहेकाले निषेधाज्ञामा थप कडाइ गर्न लागिएको हो ।
३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन हुँदा चहलपहल कायम रहेको पराजुलीको भनाइ छ । सबै विषयलाई मध्यनजर गरेर निषेधाज्ञामा कडाइ गरिन लागेको उनको भनाइ छ ।








