मुख्य खबरसमाचारफिचर

बागमती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीद्धारा सपथ ग्रहण

संवाददाता

खबरबाकस \ बिगत ४ महिना देखी रिक्त रहेको बागमती प्रदेशको ३ मन्त्रालयले बुधबार देखी पुर्णता पाएकाछन् । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रिहरुमा प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नुवाकोटका केशवराज पाण्डे, सामाजिक विकास मन्त्रीमा दोलखाकी सरस्वती बस्नेत र उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा सिन्धुपाल्चोकका सरेश नेपाल लाई नियुक्त गरिएको हो ।

त्यस्तै सामाजिक विकास राज्यमन्त्रीमा धादिङ्का डा रामकुमार अधिकारी नियुक्त भएका छन् । मुख्यमन्त्री पौडेलविरुद्ध गएको पुस ५ गते अविस्वासको प्रस्ताव दर्ता भएसँगै आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुणकुमार नेपाल, र सामाजिक विकासमन्त्री युवराज दुलालले संयुक्त रुपमा पदबाट राजीनामा दिएका थिए । बुधबार नियुक्त गरिएका मन्त्रीहरु पनि नेकपा एमालेको प्रधानमन्त्री केपी शर्मा ओली पक्षको मात्रै भएको बुझिएको छ । नवनियुक्त मन्त्रीहरु र राज्यमन्त्रीहरुलाई प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईले बुधबार नै प्रदेश प्रमुख कार्यलयमा पद र गोपनियताको सपथ खुवाउनु भएको छ ।

उता बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माधव नेपाल समूहसँग छलफल समेत नगरी मन्त्रिपरिषद् पुनर्गठन गरिएको माधव नेपाल समूहका नेता अरुण नेपाल बताउँछन् । ‘पार्टीभित्रको समस्या हामी सबैलाई थाहा छँदैछ । तर, सामान्य छलफलसमेत नगरी एक्लौटी मन्त्रिपरिषद् पुनर्गठनले राम्रो गर्दैन,’ उनले भने । मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै नेपालले मन्त्री पदबाट राजीनामा दिएका थिए ।