
हेटौंडा \ मकवानपुर उद्योग वाणिज्य संघको बार्षीक साधरण सभा र आगामी कार्यकालको लागी हुने निर्वाचन प्रक्रिया सरेको छ । कोरोना भाइरसको दोस्रो लहर व्यापक रुपमा बढ्न थालेपपछि संक्रमण नियन्त्रणका लागी भन्दै संघको बार्षिक साधरण सभा र निर्वाचन सरेको हो । वैशाख १२ गते बसेको संघको बैठकले साधारण सभा तथा निर्वाचन स्थगित भएको संघका अध्यक्ष कृष्ण कटुवालले बताए ।
गत चैत्र २३ गते तय भएको निर्वाचनलाई मकवानपुर उद्योग वाणिज्य संघले कोभिडको कारण देखाउँदै बैशाख १८ लाई तय गरेको थियो । तर कोरोना प्रकोप थप भयावह हुँदै आएपछि निर्वाचन पुनः सरेको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सहित आसन्न निर्वाचनका उम्मेद्वारहरु, मउवासंघ कार्यसमितिको बैठकमा निर्वाचन तत्कालका लागी रोक्ने सहमती भएको हो ।








