मुख्य खबरसमाचारफिचर

खोपेगल्लीका तरकारी पसलमा सनराइज बैंकको क्युआर भुक्तानी सेवा

संवाददाता

खबरबाकस \ सनराइज बैंक लिमिटेड हेटौंडा शाखाले बागमती प्रदेश राजधानी हेटौंडा बजारमा रहेको खोपेगल्ली तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सुचारु गरेको छ । शनिबार मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले क्यू आर स्ट्याण्ड तरकारी व्यवसायीहरुलाई हस्तान्तरण गर्दै सेवा सुचारु भएको हो । संघका अध्यक्ष कटुवाल सहित नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले क्युआर कोड मार्फत भुक्तानी गरि तरकारी खरिद गरी सेवा सञ्चालन सुरुवात गरिएको थियो ।

No description available.

सनराइज बैंक लिमिटेडले नगद कारोबारकोे विकल्पमा आफ्नो मोवाइल एप मार्फत क्युआर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै आईरहेको शाखा प्रबन्धक सुदर्शन खतिवडाले बताए । यस क्युआर प्रणाली अन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने/चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाईदाहरु रहेको खतिवडा बताउछन् ।

No description available.

क्युआर स्ट्याण्ड हस्तान्तरण गर्दै यो डिजिटल बैकिङ सेवा सहज र सरल रहेको बताउदैं संघका अध्यक्ष कटुवालले कोरोना माहामारीको अवस्थामा यस्तो सेवा झन प्रभावकारी रहने बताए । हेटौंडा बजारलाई डिजिटल प्रणालीमा लैजान क्युआर सेवा राम्रो रहने हुदाँ सबै व्यवसाय क्षेत्रमा यसको विस्तार गर्न आग्रह समेत गरेका थिए ।

No description available.

पहिलो चरणको कोरोना कहरमा खोपेगल्ली दुबै सडक सञ्जालमा शील गरेको अवस्था थियो । त्यस्तो अवस्था नआउनको लागि सुरक्षित रहन डिजिटल बैकिङ सेवा लिन र दिन सबैलाई अनुरोध गरिएको छ । यस प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैंक विश्वस्त रहेको छ र डिजिटल भुक्तानीमा विश्वसनियता बढाउन र नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्न बैंकले डिजिटल कारोबार सम्बन्धी सचेतना कार्यक्रमहरु समेत गर्दै आइरहेको प्रवन्धक खतिवडाले बताए ।

शनिबार क्युआर सेवा १० वटा तरकारी पसलमा सुरुवात गरिएको छ । यसको विस्तार खोपेगल्ली हुदैं हेटौंडा १० स्थित सब्जीमण्डीमा पनि गरिने जनाइएको छ ।

No description available.