मुख्य खबरसमाचारफिचर

हेटौंडा भैरवरोडका कोरोना संक्रमित एक पुरुषको मृत्यु

संवाददाता

हेटौंडा \ हेटौंडामा शुक्रबार बिहान कोरोना संक्रमित थप एक पुरुषको मृत्यु भएको छ। हेटौडा ४ भैरवरोड का ५० बर्षीय एक पुुुरुषको आज बिहान मृत्यु भएको हो। केही दिन अघि कोरोना संक्रमित हेटौंडा ४ कर्राका ८४ वर्षीय एक वृद्धको मृत्यु भएको थियो। योसँगै मकवानपुरमा दोस्रो लहरको कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।

आज मृत्यु हुने दीर्घराग क्षयरोग र उच्च कोलेष्टोलका विरामी रहेका उनीमा कोरोना संक्रमण पनि रहेको थियो । स्वास्थ्यमा समस्या देखापरेपछि विदेशबाट विरामी अवस्थामा नेपाल फर्केका उनको बैशाख २ गते हेटौंडा अस्पतालमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो।