
सिधाखबर \ चालु आर्थिक वर्ष २०७७ वैशाखदेखि चैतसम्ममा बागमती प्रदेश प्रहरी कार्यालयले आफ्ना मातहतका विभिन्न प्रहरी कार्यालयमा कार्यरत विभिन्न तहका ६ सय ५१ प्रहरीलाई सम्मान गरेको छ । कुशलता पूर्वक कार्यसम्पादन गरेकोमा उनीहरुलाई सम्मान गरीएको पत्रकार सम्मेलन गर्दै प्रहरी नायव महानिरीक्षक (डिआइजी) बसन्तकुमार लामाले जानकारी दिए । त्यस्तै पछिल्लो एक वर्षमा २०३ प्रहरी कर्मचारीलाई कारवाही गरेको छ । प्रहरी आचारण विपरित काम गर्ने २ सय ३ प्रहरी कर्मचारीलाई कारवाही गरेको डिआइजी लामाले बताए ।
लामाले उत्कृष्ट प्रहरी छनौट कार्यविधि लागु गर्दै प्रत्येक महिना १६ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने गरेको बताउदैं कार्यालयले प्रहरीलाई घुस दिन खोज्ने १८ सय ७० जना चालक कारवाही र ३४ लाख रुपैंया घुस रकम फिर्ता गराईएको समेत जानकारी दिएका छन् । यस वर्ष प्रहरीले ८३३ विगाह गाँजा खेती र १०३ बिगाहा अफिम खेति नष्ट गरेको छ ।
कार्यालयले प्रदेशका विभिन्न नाकाका २२ स्थानमा सिसिटिभि क्यामरा जडान गरेको र प्रहरी दर्पण टेलिभिजन कार्यक्रम संचालन गरिरहेको जनाईएको लामाले बताए । बागमती प्रदेश प्रहरी मातहतमा भौतिक पूर्वाधारतर्फ यसवर्ष २ ईलाका, एक जिल्लामा ट्राफिक कार्यालय, ८ प्रहरी चौकीका लागि निःशुल्क जग्गा प्राप्त गरेको र चालु आर्थिक वर्षमा ४८ वटा प्रहरी कार्यालय निर्माण सम्पन्न भएको र २१ वटा प्रहरी कार्यालय निर्माणधिन अवस्थामा रहेको छ ।








