
हेटौंडा \ मकवानपुरमा बिहीबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मनहरी र भिमफेदी गाउँपालिकामा गरी थप २९ जनामा कोरोना पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ९८ पुगेको हो । विहीबार ५२ जनाको स्वाब परीक्षण गर्दा थप २९ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिए ।
विहीबार कोरोना पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाकाका २२ जना, भीमफेदी गाउँपालिका वडा नंबर ४ का २ जना र मनहरी गाउँपालिका वडा नंबर ३ का १ जना रहेको निरीक्षक चौलागाईले बताए ।
यसैगरि निरीक्षक चौलागाईका अनुसार हेटौंडामा कामको शिलसिलामा बस्दै आएका मकवानपुर जिल्ला बाहिरका ४ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये नुवाकोट जिल्लाका दुई जना, बारा जिल्लाका एक जना र एकजना भारतीय नागरिक रहेका छन् ।
कोरोना संक्रमणका कारण अहिलेसम्म मकवानपुरमा कोरोनाबाट ३३ जनाको ज्यान गएको छ । मकवानपुरमा विहीबारसम्म कोरोना भाइरसका सक्रिय संत्रमितको संख्या ९८ पुगेको छ ।








