मुख्य खबरसमाचारफिचर

मनहरीमा दुर्घटना हुदाँ एकको मृत्यु

संवाददाता

हेटौंडा \  पुर्व पश्चिम राजमार्गअन्तर्गत मनहरी-९ खरङ्गामा  ट्रक र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

हेटौंडाबाट मनहरी तर्फ जादै गरेको बा २ ख ९०२९ नम्बरको ट्रकले सोही दिसाबाट ओभरटेक गर्दै गरेको ना ३१ प ८४२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ।  एक जना घाइते भएका हुन।

मृतक र घाइतेको पहिचान हुन नसकेको र अहिले घटनास्थलमा प्रहरी नायब उपरीक्षक जयश्वर रिमालको टोली पुगेको र एक तर्फी अवरुद्ध बनेको राजमार्ग खुलाउने प्रयास भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। ट्रक तथा चालक प्रहरी नियन्त्रण रहेको र मोटरसाइकलका घाइतेको चुरेहिल अस्पतालमा उपचार भईरहेको जनाइएको छ।