
मकवानपुरको हेटौंडामा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। कोरोना संक्रमित हेटौंडा-४ कर्राका ७४ बर्षीय एक पुरुषको मृत्यु भएको हो। उनलाई केही दिन अघि कोरोना पुष्टि भएको थियो।
उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्नेछन् । पछिल्लो समय कोरोनाको दोस्रो लहर सुरु भएपछि मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या पहिलो हो।








