मुख्य खबरसमाचारफिचर

२४ जनामा गरिएको परीक्षणमा ८ जनामा कोरोना

संवाददाता

हेटौंडा \ हेटौंडामा आज गरिएको २४ जनाको स्वाब परीक्षणमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । रिपोर्टमा ५ जना पुरुष र ३ जना महिलामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा ७ जना हेटौंडा उपमहानगरपालिकाका र १ जना बागमती गाउँपालिका रहेका छन् ।

यसअघि आज मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नंबर २ को वनस्खण्डी शहरी स्वास्थ्य केन्द्रमा गरिएको एन्टीबढी परीक्षणमा थप २ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको जनाइएको छ ।