मुख्य खबरसमाचारफिचर

मलामी र विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने

सार्वजनिक यातायातमा मास्क अनिर्वाय

संवाददाता

काठमाडौं \  कोरोना संक्रमण बढ्दै गएपछि सरकारले विभिन्न सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा  धेरै भेला हुन रोक लगाएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले यस्ताे बताएका हुन्। विवाह, व्रतबन्ध, मलामी जाँदा २५ जनाभन्दा धेरै भेला हुन नपाइने उनले बताए।

विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भए प्रमुख जिल्ला अधिकारी (सिडिओ)को अनुमति लिनुपर्ने प्रवक्ता गुरुङले जानकारी दिए ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सार्वजनिक यातायातमा मास्क अनिर्वाय गरिएको छ । मास्क नलगाएका व्यक्तिलाई सार्वजनिक सवारीका साधन चढ्न दिन नहुने र बस चालक तथा सहचालकले त्यस्ता यात्रुसँग बढीमा १० रुपैयाँ लिएर मास्क बेच्न सक्ने निर्णय गरिएको बताए ।

लामो दूरीका सवारीले सुरु गन्तव्यबाट अन्तिम गन्तव्यसम्म जाँदा बीच भागका यात्रु चढाउन नपाउने र यात्रुको विवरण जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मा दिनुपर्ने व्यवस्था गरिएको छ । सवारी साधनलाई हरेक दिन निसंक्रमण गर्नुपर्ने नियम पनि बनाइएको छ ।