मुख्य खबरसमाचारफिचर

मूख्यमन्त्री पौडेलद्धारा हेटौंडाका दुई प्रहरी भवन उद्घाटन

संवाददाता

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएका प्रहरी इकाइ अन्तर्गत प्रहरी चौकी रातोमाटे र जिल्ला ट्राफीक प्रहरी कार्यालय, मकवानपुरमा नव निर्मित भवन आज उद्घाटन गरिएको छ । प्रतिभवन दुई करोड ३३ लाख लागतमा निर्माण गरिएको भवन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नव निर्मित प्रहरी चौकी भवन उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले नयाँ भवनले प्रहरीमा आँट, साहस बढाउँदै प्रहरीमा उच्च मनोबल हुने बताउनुभयो ।

प्रहरीमा अहिले जनशक्ति अभाव रहेपनि प्रदेश सरकार प्रहरी थप्ने तयारीमा रहेको बताउँनुभयो । समस्याका बीचमा प्रहरीले धेरै काम गर्न सफल भएको जोड दिनु हुदै मुख्यमन्त्री पौडेलले बताउनुभयो । अहिले प्रदेश सरकारले विकास निर्माणका काममा तिब्रता दिएको बताउँदै संघीयताले विकासको फड्को मारेको दाबी गर्नुभयो ।

बागमती प्रदेशका भौतिक विकास मन्त्रालय मन्त्री रामेश्वर फुयालको आतिथ्यता रहेको कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, आन्तरिक तथा कानून मन्त्रालयका सचिव मदन भुजेल, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रहरी उपरिक्षक सोमेन्द्रसिं राठौरले मन्तव्य व्यक्त गर्नुभएको थियो ।