मुख्य खबरसमाचारफिचर

जागरण अभियानद्वारा नवनिर्वाचित पत्रकारको स्वागत

संवाददाता

सिधाखबर \ मकवानपुर जागरण अभियानले नेपाल पत्रकार महासंघ केन्द्र,प्रदेश तथा जिल्ला शाखामा निर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ ।

अभियानले मंगलबार एक कार्यक्रमको आयोजन गर्दै नेपाल पत्रकार महासंघ केन्द्र,प्रदेश तथा जिल्लामा नवनिर्वाचित पदाधिकारीलाई ढाका टोपी,माला  लगाएर सम्मान गरेको हो ।

अभियानका अध्यक्ष कृष्णराज कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य सुनिल खड्का, पत्रकार महासंघ बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष रुपेश दुलाल, महिला उपाध्यक्ष सम्झना कार्की, महासचिव कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित अध्यक्ष मणिराज गौतम, महासंघ मकवानपुरका पुर्व अध्यक्ष तथा केन्द्रीय पार्षद भानुभक्त आचार्य, पत्रकार गिरिजा अधिकारी, कलाकार अमिर गौतम, लगायत नवनिर्वाचित केन्द्रीय, प्रदेश परिषद सदस्य तथा जिल्ला कार्य समितिका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

No description available.

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का,बागमती प्रदेश महिला उपाध्यक्ष सम्झना कार्की, महासचिव कृष्ण सारुमगर, मकवानपुर अध्यक्ष मणिराज गौतम सहित अभियानका सदस्य अच्युत चालिसे, राजन न्यौपाने लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । अभियान मकवानपुर क्षेत्र बनाएर सामाजिक काममा कृयाशिल रहेदै आएको छ ।