मुख्य खबरसमाचारफिचर

घरेलु उद्योग संघमा उप्रेतीको नेतृत्व

संवाददाता

मकवानपुर घरेलु तथा साना उद्योग संघको अध्यक्षमा गणेशहरी उप्रेती चयन भएका छन् । सोमबार हेटौंडामा भएको आठौं अधिवेशनबाट उनी अध्यक्ष भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा सुर्वणलाल श्रेष्ठ, द्धितिय उपाध्यक्ष होमराज मगर, महासचिवमा कुमार पौडेल, कोषाध्यक्षमा रामहरी तिमल्सिना, सचिवमा शिव प्रसाद खतिवडा(राजु) चयन भएका छन् ।

त्यस्तै, संघको सदस्यहरुमा विष्ण कुमार नेपाल, सुर्य प्रसाद पौडेल, टंक काफ्ले, दिपेन्द्र कार्की, अमित श्रेष्ठ, मेनका श्रेष्ठ, चम्फुरत्न लामा, रिना गौतम, यतिराज सापकोटा, गिता मैनाली रहेका छन् । संघको नगर अध्यक्षमा तारा कार्की र महिला उद्यम समिति अध्यक्षमा सन्तोषी बानियाँ चयन भएका छन् ।

संघका अध्यक्ष तारानाथ चौलागाइको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष श्याम गिरीको प्रमुख अतिथ्यतामा सभा भएको थियो ।