
मकवानपुर उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको उपचार कोषमा ७५ हजार सहयोग गरेको छ।
आज संघको नवनिर्माण पल्पसा सदनको भवनमा आयोजना गरेको पत्रकार महासंघ मकवानपुरका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान कार्यक्रम मार्फत उक्त रकम महासंघको उपचार कोषमा प्रदान गरेको हो।
उक्त रकम संघका अध्यक्ष कृष्ण कटुवालले नवनिर्वाचित अध्यक्ष मणिराज गौतमलाई ७५ हजारको चेक हस्तान्तरण गरेका थिए। साथै कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गौतम सहित,कार्य समिति पदाधिकारी,केन्द्रीय तथा प्रदेश परिषद सदस्यलाई टिका र खादा लगाएर स्वागत गरेको थियो।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष कृष्ण कटुवालले जोखिम मोलेर अग्रपङ्क्तिमा रहेर जनतालाई सुचना सुसुचित गर्न लागिपर्ने सञ्चारकर्मीले बिरामी हुँदा उपचारमा राहत मिलोस भन्ने उद्देश्यले उक्त रकम सहयोग गरेको बताए। महासंघ मकवानपुर अध्यक्ष गौतमले उद्योग वाणिज्य संघको सहयोगले पत्रकारलाई सम्मान मिलेको बताए।








