मुख्य खबरसमाचारफिचर

महिला उपभोक्तालाई जलवायू परिवर्तन न्युनिकरण गोष्ठी

संवाददाता

खबरबाकस \ मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा दुइदिने जलवायू परिवर्तन न्यूनिकरण र अनुकुल अभ्यास कार्यशाला गोष्ठी भएको छ । सोमबार र मंगलबार सञ्चालित गोष्ठी बुङदल सामूदायिक वन उपभोक्ता समूहको आयोजना तथा फरेष्ट एण्ड फार्म फ्यासिलिटी कार्यक्रम अन्तरगत गोष्ठी भएको हो । वन समूहका दलित, जनजाती तथा विपन्न ४० जना महिला उपभोक्ताले कार्यशाला गोष्ठीमा सहभागिता जनाइएका थिए ।

वन समुहका अध्यक्ष चन्द्रप्रसाद दुलालको अध्यक्षतामा सञ्चालित गोष्ठीलाई कृषि वन विश्वविद्यालय हेटौंडाका उपप्राध्यापक लिलुकुमारी मगरले गोष्ठीको सहजिकरण गरेकि थिइन् । मौसम र जलवायू फरक हुनेछ । तापक्रमलाई परिवर्तन गराउने नै जलवायू रहेकाले आवश्यक समयानुसार वन र वनक्षेत्रमा रहेका खेति योग्य जमिनमा जिविकोपार्जन गर्नका लागि बेसार लगायत अन्य खेती लगाउन आवश्यक तयारी गोष्ठीले निचोड निकालेको छ ।

No description available.

महिला उपभोक्ताको उपसमिति गठन गरी नमुना प्लट तयार पारी बेसार खेति गरिने जनाइएको छ । कार्यक्रममा फेकोफन जिल्ला कोषाध्यक्ष तथा मकवानपुरगढी स्थानीय महासंघ अध्यक्ष बलराम अधिकारी, फेकोफन सहजकर्ता पुस्पम घिमिरे, सञ्चारकर्मीद्धय श्रीराम अर्जुन र भीमसेन पौडेलले आफ्नो भनाइ राखेका थिए ।