मुख्य खबरसमाचारफिचर

प्रेस संगठन मकवानपुरद्धारा सम्मान र पुरस्कार वितरण

संवाददाता

खबरबाकस \ प्रेस संगठन नेपाल मकवानपुरले शनिबार हेटौंडामा अग्रज पत्रकार सम्मान तथा क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको छ । विज्ञापन वोर्डका सदस्य  बलराम थापाको प्रमुख अतिथ्यता तथा संगठन जिल्ला अध्यक्ष अञ्जली थापाको सभाध्यक्षतामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

No description available.

नानीमैया विष्ट

No description available.

सुनिल खड्का

संगठनले मकवानपुरमा लामो समयदेखि पत्रकारितामा कलम चलाउदैं आएका अग्रज पत्रकारलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेको छ । महासंघका पूर्व अध्यक्ष नवराज शर्मा, प्रताप विष्ठ, कौशल पाण्डे, राममणि दाहाल, भानुभक्त आचार्य, महेन्द्र श्रेष्ठलाई सम्मान गरेको छ भने कृष्णराम परियार, सुवर्ण श्रेष्ठ, कमलचन्द्र सुमन, नानीमाया कार्की, मोहन साँगामी, लोकनाथ पाण्डे, आरसी रिजाललाई पनि सम्मान गरिएको थियो ।

No description available.

गणेश अधिकारी

तत्कालिन प्रेस सेन्टरले स्थापनाकाल देखि प्रदानगर्दै आएको रुद्र पाख्रिन र कृष्ण सेन इच्छुकको नाममा रहेको रुद्र–सेन स्मृति पत्रकारिता पुरस्कार पत्रकार पत्रकार सुनिल खड्का र नानीमैया विष्टलाई प्रदान गरिएको छ ।

No description available.

शिव प्रसाद चौलागाई

सोही अवसरमा मकवानपुरमा रहेर पत्रकारितामा क्रियाशिल युवा पुस्ता पत्रकारलाई क्रियाशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । पुरस्कृत हुने पत्रकारहरुमा गणेश अधिकारी र शिव प्रसाद चौलागाई, सरला अधिकारी, शुभलक्ष्मी विक रहेका छन् । उनीहरुलाई नगद सहित दोसल्ला ओढाएर पुरस्कृत गरिएको थियो ।

No description available.

सरला अधिकारी

No description available.

शुभलक्ष्मी विक

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, ओम बहादुर ग्लान, पत्रकार महासंघ प्रदेश अध्यक्ष प्रताप विष्ठ, महासचिव कृष्ण सारुमगर, पत्रकार महासंघ जिल्ला अध्यक्ष हरि हुमागाई, पूर्व अध्यक्ष नवराज शर्मा, भानुभक्त आचार्य, प्रदेश महासंघ सल्लाहकार गिरिजा अधिकारी, शहिद परिवार सदस्य मान कुमारी पाख्रीन, प्रेस चौतारी प्रदेश सहसंयोजक प्रकाश दाहाल, प्रेस संगठन केन्द्रीय सदस्य राजन दाहाल, प्रेस युनियन जिल्ला उपाध्यक्ष मणिराज गौतम, प्रेस मञ्च नेपाल केन्द्रीय उपाध्यक्ष मनोज ढोडारी, माओवादी केन्द्र मकवानपुरका प्रचारप्रसार विभाग प्रमुख कमान सिं पाख्रीन, नारायणी यातायात कम्पनीका प्रवन्धक सरोज खनाल,संगठनका सल्लाहकार ध्रुव अधिकारी, अकोराब प्रदेश उपाध्यक्ष सपना कंडेल, सञ्चारिका समूह बागमती प्रदेश संयोजक सरिता दाहाल लगायत मकवानपुरका पत्रकारहरुको उपस्थिती रहेको थियो ।

सम्मानित अग्रज पत्रकार

No description available.

No description available.

No description available.

No description available.May be an image of 7 people, including Anjali Thapa, people standing and indoor

No description available.

No description available.

No description available.

No description available.