
श्रीराम अर्जुन \ कोभिड १९ को महामारी सुरु भएको एक वर्ष पुग्यो । सुरुवाती चरणमा सबैको चासो र चिन्ता बन्यो कोभिडले केहि त हुदैन भनी । विश्वभर फैलिएको कोभिड १९ भाइरसले नेपालमा समेत फैलिएपछि सरकारले लकडाउनको घोषणा गर्दै छिमेकी राष्ट्र सँगका सिमा बन्द ग¥यो । सबै क्षेत्र कोरोना महामारीको मारमा परे । शिक्षण संस्था, यातायात क्षेत्र मात्र नभई उद्योग कलकारखाना सबै प्रभावित भए । उसो त नेपालीले मनाउदैँ आएका महान् चाडपर्वहरु समेत भाइरसका कारण सहज ढङ्गले मनाउन सकिएन ।
झण्डै ८९ महिना पछि कोरोना संक्रमणको संख्या घट्दै जानु, मृत्यु हुनेको संख्या पनि घट्दै गएकोले विस्तारै पुरानै अवस्थामा चहलपहल सुरु भयो । मानिसले न माक्स लगाउन थाले न त भौतिक दुरीनै कायम गरे, जताततै भीडभाड अनि मेला महोत्सव सुरु भए । सोही बेला देशमा राजनितिक क्षेत्रमा संसद विघटन देखि एकता भएका पार्टी टुक्रिनु र पुरानै पार्टीको नामाकरण भई ठुलै परिवर्तन भयो र सडकमा जनता भन्दा बढी नेता र कार्यकर्ताको भीडभाड देखिन थाल्यो ।
छिमेकी राष्ट्र भारतमा दोस्रो चरणमा कोरोना भाइरसको महामारी फैलिएपछि नेपाल सरकारले सुचना जारी गर्दै कोरोना जोखिमबाट बच्न त्यहि एक वर्ष अघि भनिएको सामाजिक र भौतिक दुरी कायम गर्ने, मेला महोत्सव, सभा सम्मेलन नगर्ने र चाडपर्व घरमै मनाउने भनी सुचना जारी गर्यो । त्यसको प्रभाव पर्यो दुई दिन पछि मनाउने होली पर्वलाई । तराई देखि पहाड र हिमाल सम्म मनाईने रङ्गहरुको पर्व होली सरकारले घरमै बसी मनाउन भने पछि धेरै बेखुसी भएको पाइएको अवस्था छ ।
बजार भरी सेता टिर्सट झुण्डिएका छन् तर विक्री भएका भने छैनन् । कोरोनाको प्रभावका कारण र हिजो मात्रै प्रशासनको अनुरोधले अलिअलि बिक्री सुरुभएको होली लेखिएका टिसर्ट आजबाट बिक्री कम भएको बताउछन् हेटौंडा १० राप्तिरोडका सुजन स्टोर्सका सञ्चालक सुजन घिमिरे । वर्षको एकचोटि विक्री वितरण हुने होली लेखिएका टिसर्ट कोरोनाले गर्दा विक्री नहुदाँ लगानी फस्ने उनले बताए । म मात्रै होइन हेटौंडा बजारका सयौं व्यवसायी मारमा परेको अवस्था छ । सरकारले नाका आवतजावत बन्द गरी बरु देश भित्र चाहिँ होली बनाउन दिनुपर्ने उनको तर्क छ ।
घरमा बसेर त के मनाउनु होली भन्दै हेटौंडा स्कुल अफ म्यानेजमेन्टकी छात्रा अस्मिता अधिकारीले भन्छिन् साथीहरु सँग खेल्न पो रमाइलो होली घरमा बसेर त्यति रमाइलो नहुने बताइन् । कोरोना महामारीबाट सहज त हुनुपर्छ तर साथीभाइमा मिलेर होली मनाउन पाउनुपर्ने उनको तर्फ छ । नेताहरु चाहिँ भीडभाड गरी कार्यक्रम गर्न हुने हामीले चाहिँ वर्षदिनमा आएको पर्व मनाउन चाहिँ रोकतोक गरिनु हुन्न भन्ने उनको भनाइ रहेको छ ।
यता, जिल्ला प्रशासन कार्यालय मकवानपुरले नजिकिदैँ गरेको होली र नयाँ वर्ष घरमा नै मनाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले सुचना जारी गर्दै होली, नयाँ वर्ष घरमा मनाउने र सभासम्मेलन, भीडभाड नगर्ने र माक्सको प्रयोग गर्न आग्रह गरेको छ ।








