
छिमेकी मुलुक भारतमा कोभिड १९ को दोस्रो लहर देखिएकाले स्वास्थ्य मन्त्रालयले सामाजिक दुरी कायम गरी भीडभाड नर्गन र नगराउन आग्रह गरे सँगै होली, मेला महोत्सव र नयाँ वर्ष घरमै मनाउन प्रशासनले सुचना जारी गरेको छ ।
विहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुचना जारी गर्दै कोभिड १९ संक्रमण फैलिन नदिन मेला, महोत्सव, होली, नयाँ वर्ष जस्ता चाडपर्वहरुमा भीडभाड नगर्न र नगराउनको लागि अनुरोध गरेको छ ।
प्रशासनले घरमै मनाउन र सामाजिक तथा भौतिक दुरी कायम गरी मास्कको अनिवार्य प्रयोग गर्न सबैमा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताएका छन् ।









