मुख्य खबरसमाचारफिचर

मकवानपुरगढीमा मानव अधिकार विषयक छलफल

लकडाउनको समयमा तीनगुणा जेष्ठ नागरिक हिंसामा

संवाददाता

श्रीराम अर्जुन \ मकवानपुरगढी गाउँपालिकामा बुधबार मानव अधिकार विषयक अन्तरक्रिया भएको छ । मानव अधिकार आयोग बागमती प्रदेशको आयोजना तथा गाउँपालिकाको संयोजनमा व्यवसाय र मानव अधिकार तथा उपभोक्ता अधिकार विषयक अभिमुखीकरण र छलफल भएको हो ।

छलफल कार्यक्रममा आयोगका प्रदेश प्रमुख यज्ञ प्रसाद अधिकारीले आयोगका कार्ययोजनाका उद्देश्य माथी प्रकाश पार्दै मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गर्ने, कानुनी, नीतिगत र संरचनागत व्यवस्था हुनुपर्ने बताएका थिए । उनले कोरोना करहका बीच सरकारले लगाएको लकडाउनमा अन्य समय अवस्था भन्दा यसबेला जेष्ठ नागरिक तीन गुणाले हिंसामा परि मानव अधिकार हनन भएको बताए । उनले विद्यालय क्षेत्रमा लठ्ठी निषेश क्षेत्र बनाइ पठनपाठन गरिनुपर्ने त्यसका लागि गाउँपालिकाले आवश्यक अनुगमन गर्न आग्रह गरे ।

आयोगको कार्ययोजनामा समेटिएका १७ वटा सुचक स्थानीय तहले मनन गर्दै कार्यान्वय गरियो भने गाउँपालिकामा मानव अधिकार हनन नहुने र सुशासन कायम हुने बताए ।

कार्यक्रममा आयोगका प्रवद्र्धन महाशाखा प्रमुख दिपेन्द्र बहादुर सिंहले मानव अधिकार भित्र पर्ने विषयत विवरण बारे जानकारी दिदैं उपभोक्ता अधिकारका कानुन, कसरी स्थानीय निकायले संरक्षण गर्नुपर्ने र उपभोक्ता सचेत गराउनु पर्ने बारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सचिव यज्ञ प्रसाद भट्टराईले स्थानीय तह सँग सहकार्य र समन्वय गरी कार्यसम्पादन गर्न प्रदेश आयोगलाई निर्देशन दिदैं गाउँपालिकाका विभिन्न विकास भए सँगै मानव अधिकारका विषयमा पनि विकास र विस्तार गरिनुपर्ने बताए ।

No description available.

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विदुर हुमागाईले सामाजिक, आर्थिक र भौतिक विकासका काम भइरहेको अवस्थामा आयोगका १७ वटा सुचकमा पनि काम भइरहेको बताए । पहिलो पटक गरिएको कार्यक्रमबाट धेरै कुरा गरिनुपर्ने देखिएकोले अबका आगामी कार्ययोजनामा मानव अधिकारका विषयमा बृहत रुपमा योजना बनाइ काम गरिने बताए । उनले के हो ? कसरी सुनिश्चिता गराउन सकिन्छ ? कस्को काम कति ? भन्ने छलफल गरि कामलाई अघि बढाउने प्रतिबद्धता जाहेर गरे । सबै क्षेत्रले प्रतिवद्धता पश्चात काम गरिदाँ समाजमा सुशासन कायम हुने बताए ।

कार्यक्रममा बालकल्याण समाजका अध्यक्ष प्रकाश खतिवडा, गाउँपालिका न्यायिक समिति सदस्य सन्तु थिङ, सहभागिबाट कविराज हुमागाई, रामशरण लामिछाने, कृष्ण प्रसाद कंडेल लगायतले आफ्नो विचार राखेका थिए ।
गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष हर्कमाया रुम्बा, ८ वटै वडाका अध्यक्ष, सदस्य, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, शाखाका प्रमुखहरु, वडाका सचिव, संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।