
हेटौंडा \ हेटौँडा– ४, कर्राकी सुस्मिता केसी (थापा) को हत्यासम्वन्धी मुद्धाको पेशी सोमबार को लागि तोकिएको छ । जिल्ला अदालत मकवानपुरले चैत ९ गते सोमबारको लागि मुद्धाको सुनुवाईका लागि पेशी तोकेको श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।
सुस्मिताको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनका ससुरा, नन्द र आमाजुलाई पक्राउ गरी थुनामा राखेको छ । सुस्मिताको ससुरालाई भीमफेदी कारागारमा राखिएको छ भने अन्यलाई चितवनको भरतपुर कारागारमा राखिएको छ । यस्तै हत्यामा संलग्नको आशंका गरिएका एकजना अझै फरार छन् ।
सुस्मिता हत्यासको मुद्धाको बहस गरिरहेका अधिवक्ता मदन दाहालले सुस्मिताको हत्याको पुष्टि भइसकेको र हत्यामा संलग्न विरुद्धको बहस सकिएकाले मुद्धाको फैसला छिटै हुने बताए ।








