मुख्य खबरसमाचारफिचर

कानुन निर्माण प्राथमिकतामा पर्नु पर्छ: सभामुख

संवाददाता

हेटौंडा \  बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले कानुन निर्माणको काम प्राथमिकतामा पर्नु पर्ने बताएका छन् । मुख्यन्यायधिवक्ताको कार्यालय स्थापनाको तीन वर्ष पूरा भएको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्रदेशसभामा कानुन निर्माणको कामले प्राथमिकता पाउनु पर्ने भए पनि त्यसो हुन नसकेको बताएका छन् ।

प्रदेशसभा सदस्यहरुको पहिलो काम नै कानुन निर्माण भएको भन्दै उ उनले सांसदहरुले नै कानुन निर्माणमा चासो नदेखाएको बताए । ‘सबै विषयहरु कानुनसँग जोडिन पुग्छ । कानुन सबैको जरा हो,’ उनले भने,‘सांसदहरु विकासको फाइल बोकेर हिँड्न बढी चासो राख्छन् । प्रदेशसभा भनेको कानुन बनाउने थलो हो । तर कानुन निर्माणमा कम मात्रै चासो पुगिरहेको छ ।

बागमती प्रदेशसभाले अहिलेसम्म ५९ वटा कानुन निर्माण गरेको जानकारी दिँदै उनले ११ वटा कानुनहरु संशोधन भएको बताए । यस्तै एउटा विधेयक समितिमा विचाराधिन रहेको छ भने अर्को एउटा नयाँ विधेयक दर्ता भएको छ। सभामुख श्रेष्ठका अनुसार अब ३२ वटा कानुन निर्माण गर्न बाँकी रहेको छ । उनले सरकार विरुद्ध पर्ने मुद्धाहरुको संख्या बढीरहेको भन्दै यसको अध्ययन हुनु पर्ने बताए । मुद्धाहरुकै कारण कतिपय विकासका कामहरु अवरुद्ध हुने भन्दै उनले यस तर्फ सरोकारावालाहरुले ध्यान दिनु पर्ने बताए ।जनपत्रबाट