मुख्य खबरसमाचारफिचर

सरकारले यातायात व्यवसायीको मर्का बुझेन् : नेता बानियाँ

संवाददाता

बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले कम्युनिष्ट यो सरकारले यातायाता व्यवसायीको मर्का नबुझेको बताएका छन् । शनिबार पुरानो नारायणी यातायात व्यवसायी कम्पनीको दोस्रो र नारायणी संघ हेटौंडाको तेस्रो बार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेता बानियाँले रोडपरमिट, तौलपुल, भाडादर र सवारी साधनमा प्रयोग हुने पाट्र्सका विषयमा सरकारले व्यवसायीको मर्का नबुझेको बताएका हुन् ।

सरकारले जनताको मनाभावना त कुल्चिएर आफ्नो ढङ्गले प्रस्तुत हुदाँ झन यातायात क्षेत्रको विषयमा के चासो लिन सक्छन र ? भन्दै नेपाली कांग्रेसको सरकार बनेको खण्डमा वर्षैपच्छिे तिरिनुपर्ने राजस्व पाँच÷पाँच वर्षमा तिर्नुपर्ने प्रावधानको व्यवस्था गरि व्यवसायीलाई सहज पु¥याइने बताए । सबै उद्योगको माल बोक्ने भएकाले देशको ठुलो उद्योय व्यवसाय नै यातायात क्षेत्र रहेको भन्दै हेटौंडा प्रदेश सरकारको निर्देशनमा बन्द गरिएको तौलपुल सञ्चालनमा आवश्यक समन्वय गरिने बताए ।

साधारण सभामा बागमती प्रदेश सदस्य मुनु सिग्देल, प्रेम बहादुर पुलामी, ओम ग्लान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जिसस उपप्रमुख भगवती पुडासैनी, थाहानगर प्रमुख लवसेर विष्ट, हेटौंडा उपमहानगरपालिकाकी उप–प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल लगायतकाले आफ्नो भनाइ राखेका थिए ।

सभामा संघ तथा कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठले अध्यक्षको प्रतिवेदन र संघका संचालक सरोजकुमार खनालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप विष्ट, बागमती प्रदेश यातायात व्यवस्था कार्यालय हेटौंडाका प्रमुख भक्त बहादुर भण्डारी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमाल, मकवानपुर ट्राफिक प्रहरी निरीक्षक प्रकाश पाण्डे, संघका पुर्व अध्यक्ष बद्रीप्रसाद चौलागाई तथा यातायात व्यवसायीहरूको सहभागिता रहेको थियो ।