मुख्य खबरसमाचारफिचर

मनहरीमा दुर्घटनाः तीनको मृत्यु, १० घाइते

संवाददाता

पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ सुनाचुरीमा बस र ट्रक एक आपसमा ठोक्किदाँ ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

शनिबार बिहान करिब ३ बजे तिर हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत दिसाबाट हेटौंडा आउदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक एक आपसमा ठोकिएको प्रहरीले जनाएको छ । ठक्कर खाई दुर्घटना हुदाँ बसका चालक सहित ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बस चालक वीरगन्ज–१५ का ३५ बर्षीय मदन कुमार थापा क्षेत्री, बसका यात्री भारतीय नागरिकद्धय अन्दाजी ३५ वर्षीय अभयलाल कुशवाह र ४० बर्षीय सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

उनका अनुसार बस चालक र सुनिल कुमारको उपचारको क्रममा चितवन स्थित पुरानो मेडिकल कलेज र कुशवाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । तीव्र गतिमा रहेको कारण दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ भने बाकीँ अनसन्धान भइरहेको रिमालले बताए । उक्त दुर्घटनामा बसका ७ जना र ट्रकका चालक, सहचालक र एक जना यात्रु सहित १० जना घाइते रहेको उनीहरुको हेटौंडा र भरतपुरस्थित पुरानो मेडिकल कजेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।