मुख्य खबरसमाचारफिचर

शिक्षामा पढाइ होइन सिकाइको जरुरी छः मुख्यमन्त्री

संवाददाता

खबरबाकस \ बामगती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अबको शिक्षा पठाइमा होइन सिकाईको जरुरी रहेको बताएका छन् ।

हेटौंडामा निरन्तर २५ वर्ष देखि प्राविधिक जनशक्ति उत्पादन गरिरहेको मकवानपुर टेक्निकल इन्ष्टिच्यूटको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै सरकारले ल्याएको शिक्षा नीति गलत रहेको बताउदैं उनले अबको शिक्षा पठाईमा निहित नभई सिकाइमा रहनुपर्ने बताए । सिक्ने होइन कि सिकाउने शिक्षा आवश्यक रहेकोले प्रदेश सरकारले प्राविधिक शिक्षामा आवश्यक अनुरुप बजेट विनियोजन गरी काम गरिरहेको बताए ।

नेपालको शिक्षा नीति पढेर विभिन्न तह पास गर्ने अनि प्रमाणपत्र सिरानीमा हालेर बस्नु पर्ने बाध्यता रहेका अवस्थामा हाम्रो आवश्यकता भनेको प्राविधिक शिक्षा हो र सोही अनुरुप दक्षजनशक्ति उत्पादन गरी स्वारोजगार बनाउने हो ।उनले प्राविधिक शिक्षा लिएका मध्ये ८३ प्रतिशत रोजगारीमा रहेका छन् तर अन्य शिक्षा लिने भने अधिकांश काम विहिन रहेका छन् ।

उनले यसैवर्ष देखि दक्ष जनशक्तिको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न एडभान्स कक्षा सञ्चालनको तयारी गरिरहेको र स्थानीयतहहरुमा प्राविधिक शिक्षालय सञ्चालन गरिएको बताए । स्थानीय तहमा सानाठुला अस्पताल निर्माण भइरहेको अवस्थामा क्वालिटीको शिक्षा प्रदान गर्न आग्रह गर्दै मुख्यमन्त्री पौडेलले प्राविधिक शिक्षा पश्चात रोजगारीको सम्भावना प्रर्याप्त रहने बताए ।