
मकवानपुरमा २५ वर्षदेखि स्वास्थ्यक्षेत्रका लागि जनशक्ती उत्पादन गर्दै आइरहेको हेटौंडा ५ मा अवस्थित मकवानपुर टेक्निकल इन्ष्टिच्यूटले रजत महोत्सव मनाउने भएको छ । २०५२-५३ साल देखि सञ्चालन भएको इन्ष्टिच्यूटले २५ वर्ष पुगेको अवसरमा रजत महोत्सव मनाएको छ ।
इन्ष्टिच्यूटका अध्यक्ष रमानन्द मिश्रको सभाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख अतिथ्यतामा रजत जयन्ती मनाइएको हो ।
पहिलो व्याजका विद्यार्थी फटिकरमण प्याकुरेल जो बकैया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखको रुपमा कार्यरत रहेका छन् उनी २२ वर्ष देखि नेपाल सरकारको कर्मचारीको रुपमा कार्यरत छन् । उनी सँगै २५ वर्षदेखि इन्ष्टिच्यूटमा पढाइ रहनुभएका शिक्षिका धन राई सहित पहिलो व्याजका विद्यार्थी सहित पूर्व विद्यार्थीहरु, शिक्षक, सल्लाहकारलाई सम्मान गरेको छ ।

इन्ष्टिच्यूटले रजत जयन्तीकै अवसरमा हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँचपाँच सेट पिपिई सहयोग गरेको छ भने हेटौंडा ५ क्याम्पाडाँडामा निर्माणधिन मिनि रंगशालालाई ५० बोरा सिमेन्ट सहयोग प्रदान गरेको छ ।
रजत जयन्ती कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशी, रजिष्ट्रार राजेश प्रसाईं, सिटिईभिटी बागमती प्रदेशका प्रमुख शैलेन्द्र आचार्य, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल, वडा ४ का अध्यक्ष नविन सिग्देल, शिक्षाविद् पुरन बहादुर जोशी, डा. शंकर उपाध्याय, पहिलो व्याज विद्यार्थी टि.एन. ढुङ्गेल, इन्ष्टिच्यूटका निमित्त निर्देशक चन्द्रशेखर पण्डित, प्राचार्य अमिस सुवेदी लगायतले आफ्नो भनाइका साथ अहिलेको आवश्यकता भनेको प्राविधिक शिक्षा रहेको बताएका छन् ।

आफ्ना शैक्षिक क्रियाकलापहरुलाइ प्रविधिमैत्रि बनाउदै सिएमए, अनमी, ल्याब एसिसटेन्टको अध्यापन गराइदै आइरहेको इन्ष्टिच्यूटका निमित्त निर्देशक चन्द्र शेखर पण्डितले बताए । सुरुवाती चरणमा एनजिओ तथा संघसंस्थाको सहयोगमा २३९ जनालाई छात्रवृत्तिमा पढाइएको उनले बताए ।
यस इन्ष्टिच्यूटबाट सुरुवाती चरण देखि हाल सम्म सिएमएमा ८३१ जना, अनमीमा ६२७ जना, ल्याब एसिसटेन्टमा २६९ जना र एच.एमा २७ सय जना जनशक्ती देशका विभिन्न स्थानमा कार्यरत रहेको निर्देशक पण्डितले बताए ।
इन्ष्टिच्यूटकाबाट हाल सम्म सिएमएमा ९४१ जना, अनमीमा ६६६ जना, ल्याब एसिसटेन्टमा ४०८ जना र एच.एमा २ सय अध्ययन गरि सकेको बताए । सिटिइभिटीको निर्देशन अनुरुप इन्ष्टिच्यूटले १० प्रतिशत छात्रवृत्तिको खर्च व्यहोर्दै आइरहेको बताउदै निर्देशक पण्डितले हाल सिएमए मात्र पढाइ हुने बताए ।









