
२५ वर्षदेखि स्वास्थ्यक्षेत्रका लागि जनशक्ती उत्पादन गर्दै आइरहेको हेटौंडा ५ मा अवस्थित मकवानपुर टेक्निकल इन्ष्टिच्यूटले रजत महोत्सव मनाउने भएको छ । २०५२/५३ साल देखि सञ्चालन भएको इन्ष्टिच्यूटले २५ वर्ष पुगेको अवसरमा रजत महोत्सव मनाउन लागेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
आफ्ना शैक्षिक क्रियाकलापहरुलाइ प्रविधि मैत्रि बनाउदै सिएमए, अनमी, ल्याब एसिसटेन्टको अध्यापन गराइदै आइरहेको इन्ष्टिच्यूटका निमित्त निर्देशक चन्द्र शेखर पण्डितले बताए । सुरुवाती चरणमा एनजिओ तथा संघसंस्थाको सहयोगमा २३९ जनालाई छात्रवृत्तिमा पढाइएको उनले बताए ।
यस इन्ष्टिच्यूटबाट सुरुवाती चरण देखि हाल सम्म सिएमएमा ८३१ जना, अनमीमा ६२७ जना, ल्याब एसिसटेन्टमा २६९ जना र एच.एमा २७ सय जना जनशक्ती देशका विभिन्न स्थानमा कार्यरत रहेको निर्देशक पण्डितले बताए ।
इन्ष्टिच्यूटकाबाट हाल सम्म सिएमएमा ९४१ जना, अनमीमा ६६६ जना, ल्याब एसिसटेन्टमा ४०८ जना र एच.एमा २ सय अध्ययन गरि सकेको बताए । सिटिइभिटीको निर्देशन अनुरुप इन्ष्टिच्यूटले १० प्रतिशत छात्रवृत्तिको खर्च व्यहोर्दै आइरहेको बताउदै निर्देशक पण्डितले हाल सिएमए मात्र पढाइ हुने बताए ।
विहीबार एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितीमा रजत जयन्ती मनाउने तयारी रहेको र सोही अवसरमा हाल सम्मको अवस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरिने, मकवानपुरका प्रतिष्ठित व्यक्ति, अध्ययन गरेका स्वास्थ्य सेवामा कार्यरत कर्मचारी लगायतलाई सम्मान गरिने कार्यक्रम रहेको जनाइएको छ ।








