मुख्य खबरसमाचारफिचर

यसैवर्ष ८४५ मुद्दाको फैसला, एक हजार फैसलाको चरणमा

संवाददाता

जिल्ला अदालत मकवानपुरले आर्थिक वर्ष २०७७/७८ को फागुन २४ गते सम्म ८४५ वटा मुद्दाको फैसला गरेको छ । मङ्गगलबार जिल्ला अदालत मकवानपुरमा पत्रकार सम्मेलन गर्दै जिल्ला अदालत मकवानपुरले गरेका काम कारबाहीका बारेमा बताएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ बाट जिम्मेवारी सरेर आएका ९१४ वटा मुद्दासहित यस आर्थिक वर्ष २०७७/७८ मा दर्ता भएका एक हजार एक वटा मुद्दासहित जम्मा १९२५ मुद्दा मध्ये यस वर्षको फागुन २४ गतेसम्म ८४५ मुद्दाको फैसला भएको सूचना अधिकारी श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिए ।

त्यस्तै, १ हजार ४० वटा मुद्दा फैसलाको चरणमा गइसकेको र २ वर्ष नाघेका ४ वटा मुद्दा रहेको भट्टराइले बताए । उनले १८ महिना देखि २ वर्ष सम्मका ६६ वटा मुद्दा रहेको समेत बताए । यसैगरी एक वर्षदेखि १८ महिनासम्मका १४५ वटा मुद्दा फैसला हुन बाँकी रहेको जानकारी दिए ।